• २ भदौ २०८२, सोमबार

पूर्व प्रधानमन्त्री प्रचण्डसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

blog

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्नुहुँदै भारतका विदेशसचिव विक्रम मिस्री। तस्बिरः अध्यक्ष प्रचण्डको निजी सचिवालय।

काठमाडौँ, भदौ १ गते। पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भारतका विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गर्नुभएको छ।

नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौँ आइपुग्नुभएका सचिव मिस्रीले प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका माओवादी अध्यक्ष प्रचण्डलाई उहाँको निजी निवास खुमलटारमा पुगेर भेट गर्नुभएको हो।

भेटमा नेपालभारत द्विपक्षीय हितका विषयमा छलफल भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ।