काठमाडौँ, भदौ १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिश्रीले शिष्टाचार भेट गर्नुभएको छ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौँ आइपुग्नुभएका सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगको शिष्टाचार भेटका क्रममा विदेश सचिव विक्रम मिस्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट औपचारिक भारत भ्रमणको निमन्त्रणा दिनुुभएको छ । प्रधानमन्त्री ओलीले निमन्त्रणाका लागि धन्यवाद दिनुभएको छ ।