काठमाडौँ, साउन ३१ गते । कवि विश्व सिग्देलको कविताकृति ‘तालीको समाजशास्त्र’ माथि परिचर्चा सम्पन्न भएको छ । सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा ठमेल (चिःबहाल गौचर) मा आयोजित कार्यक्रम कवि श्यामलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा श्यामलले अत्यन्तै सम्भावना भएका कविका रूपमा विश्व सिग्देलको चर्चा गर्नुभयो । कविताले सिग्देलको व्यक्तित्व र विश्वमै उहाँको पहिचान निर्माण गरेको बताउनुभयो ।
कवि सिग्देलले विचार र कलालाई सँगसँगै लगे मात्र कविता कविता जस्तो बन्छ भन्ने मान्यतामा आफू अडिग रहेको कुरा बताउनुभयो । कायक्रममा आरएम डङ्गोल, सुधा मैनालीले कविताकृतिमाथि परिचर्चा गर्नुभएको थियो । कायक्रममा कवि रमी प्रिया, चन्द्रबहादुर लामा, अमोघ काफ्लेलगायतले तालीको समाजशास्त्रबाट कविता वाचन गर्नुभएको थियो ।