नवराज नेपाली
बागलुङ (गलकोट) ३१ गते । कृषि ज्ञान केन्द्र बागलुङले गत आर्थिक वर्षमा झण्डै दस हजार किसानलाई प्राविधिक सेवा प्रदान गरेको ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले जानकारी दिनुभयो ।
सिलवालका अनुसार ज्ञानकेन्द्रले सुन्तला जोन फलफूल बंगैचा सुदृढिकरण कार्यक्रम, बिउ उत्पादन कार्यक्रम, जिल्लाका विगत ठाँउहरुमा पोषणयुक्त कार्यक्रम, खायन आलु प्रवर्धन कार्यक्रम, फलफूल बंगैचा व्यवस्थापन जस्ता कार्यक्रम प्रभावकारी ढङ्गले सञ्चालन गरिएको कार्यलयले जनाएको छ ।
कार्यलयले आगामी वर्ष पनि कार्यालयका लागि पुँजीगत तर्फ ४० लाख रुपियाँ, चालुतर्फ पाँच करोड ४६ लाख दुई हजार, प्रशासनिक तर्फ एक करोड ८५ लाख ७२ हजार र कार्यक्रम तर्फ तीन करोड ६० लाख ३० हजार रुपियाँ गरी कुल बजेट पाँच करोड ८६ लाख दुई हजार रहेको बताइएको छ ।
ज्ञानकेन्द्रको यस वर्षको नयाँ योजनाको रुपमा लोकमार्ग र कालिगण्डकी करिडोर केन्द्रीत कृषि उत्पादन तथा प्रवर्धन कार्यक्रम रहेको र जुन कार्यक्रमको लागि १५ लाख रुपियाँ समेत विनियोजन भएको छ । त्यसैगरी कृषि उद्यम प्रवर्धन कार्यक्रम, कृषि प्रचार कार्यक्रम, नितिगत तथा संस्थागत सुधार कार्यक्रम, कृषिको उत्पादन र उत्पादकत्व अभिबृद्धि कार्यक्रम, समुदायमा खाद्य सुरक्षा कार्यक्रम, जलवायुमत्री प्रविधि प्रवर्धन कार्यक्रम, कृषि उद्यम प्रवर्धन कार्यक्रमलगायका विभिन्न कार्यक्रमहरु पनि यस वर्ष निरन्तरता रहेको कार्यलयले जनाएको छ ।