• २४ साउन २०८२, शनिबार

गजल

blog

समयले पनि अनेक खेल खेल्दो रैछ

छाती अनि आत्मा नमजैले पोल्दो रैछ


यहाँको चलन यस्तै रहेछ हजुर

आफन्तले नै आफन्तलाई छल्दो रैछ 


जाडोमा आगो ताप्न अन्त किन जानु प¥यो 

आफ्नै मुटु नै दनदनी बल्दो रैछ


विश्वास गरेकाबाट नै विश्वासघात हुँदा यहाँ

आशा अनि भरोसा गल्र्यामगुर्लम ढल्दो रैछ


अमृत फलाउन लाख कोसिस गरेँ मैले

कुनै सिप नलागेसी विष मात्र फल्दो रैछ ।