• ९ जेठ २०८१, बुधबार

ऊर्जा क्षेत्रमा सहकार्य गर्ने समझदारी

blog

काठमाडौँ, असार ९ गते । नेपाल उद्योग परिसङ्घ र राष्ट्रिय ऊर्जा दक्ष केन्द्रबीच उर्जासम्बन्धी गतिविधिमा सहकार्य गर्न समझदारी भएको छ ।बुधबार आयोजित कार्यक्रममा परिसङ्घका महानिर्देशक दीपकराज जोशी र केन्द्रका प्रबन्ध निर्देशक अमृत अभामणि ढकालले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो  ।

ऊर्जा दक्षता, ऊर्जा लेखापरीक्षण, क्षमता अभिवृद्धि र उद्योगको ऊर्जासम्बन्धी सेवाको विकास र कार्यान्वयनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको परिसङ्घले जारी विज्ञप्तिमा उल्लेख छ ।समझदारीअनुसार उद्योगमा ऊर्जा दक्षता र ऊर्जा परीक्षणको जागरुकता बढाउन दुवै संस्थाले उद्योगहरूको ऊर्जा क्षेत्रमा ऊर्जा दक्षता, ऊर्जा परीक्षण र क्षमता विकासका गतिविधिमा मद्दत गर्नेछन् । 

परिसङ्घले सन् २०१९ देखि उद्योगमा ऊर्जा दक्षता प्रवद्र्धन गर्दै आएको छ । केन्द्रले हरितगृह ग्यास उत्सर्जन घटाउने, रोजगारी सिर्जना गर्ने, बढ्दो ऊर्जाको माग पूरा गर्ने उद्देश्यका साथ हरित ऊर्जा र ऊर्जा दक्षता क्षेत्रमा काम गरिरहेको छ ।