धम्बोझी, साउन १६ गते । ५२८ औँ गोस्वामी तुलसीदास जयन्तीका अवसरमा ‘अवधी सञ्चार भूषण–२०८२’ बाट गोरखापत्रकर्मी सावित्री गिरी सम्मानित हुनुभएको छ । अवध क्षेत्रका शिक्षा, स्वास्थ्य, भाषा तथा संस्कृति उत्थानमा पत्रकारितामार्फत योगदान दिएको भन्दै अवधी सांस्कृतिक प्रतिष्ठान केन्द्रीय कार्यालय नेपालगन्ज बाँकेले बिहीबार गिरीलाई सम्मान गरेको हो ।
सो कार्यक्रममा अवधी भाषा, साहित्य र संस्कृति संरक्षणमा योगदान पुर्याउने ४० जना व्यक्तिलाई विशेष सम्मान प्रदान गर्दै तुल्सीदासको योगदानलाई स्मरण गरिएको थियो ।