• १६ असार २०८२, सोमबार

पिएसजी क्लब विश्वकपको क्वार्टरफाइनलमा

blog

गोल गरेपछि पिएसजीका खेलाडी । तस्बिर : गेट्टी इमेज

काठमाडौँ, असार १६ गते । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) फिफा क्लब विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

अमेरिकाको मार्सिडिज बेन्ज रङ्गशालामा आइतबार राति भएको खेलमा पिएसजीले घरेलु टोली इन्टर मियामीलाई ४–० गोलले हरायो । 

एकपक्षीय खेलमा पिएसजीलाई जिताउन जोआओ नेभेसले छैटौँ र ३९औँ मिनेटमा दुई तथा अचरफ हाकिमीले ४८औँ मिनेटमा एक गोल गर्नुभयो । पिएसजीले अर्को गोल मियामीबाट आत्मघाती उपहार पाएको थियो ।

क्वार्टरफाइनलमा पिएसजीले जर्मन क्लब बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ । आइतबार नै भएको खेलमा बार्यनले ब्राजिलियन क्लब फ्लामेंगोलाई ४–२ गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो । एजेन्सी