• १३ साउन २०८१, आइतबार

दिदीको घाँटीमा खुकुरी प्रहार गर्ने सुमित्रा पक्राउ

blog

उर्लाबारी, असार ३ गते । मोरङको पथरीशनिश्चरे १ पानीट्याङ्की लाइनमा बस्ने २९ वर्षीया सुमित्रा राईले आफ्नै दिदी ४० वर्षीया लक्ष्मी राईको घाँटीमा खुकुरी प्रहार गरेकी छन् ।  उनलाई प्रहरीले पक्राउ गरेको छ भने गम्भीर घाइते हुनुभएकी राईको विराटनगरमा उपचार सुरु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतम जानकारी दिनुभयो । 

बिहीबार राति ९ बजे सुमित्राले दिदी लक्ष्मीलाई घाँटीमा खुकुरी प्रहार गरेकी थिइन् । उनीहरू दुबै जना माइतमै बस्दै आएका थिए । 


Author

हरी कोइराला