नवराज नेपाली
बागलुङ (गलकोट) असार १० गते । बागलुङ नगरपालिकाले आगामी आर्थीक वर्षमा एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
बागलुङ नगरपालिकाको १७ औँ नगरसभामा नगरप्रमुख बसन्त कुमार श्रेष्ठले आर्थिक वर्ष २०८२/८३को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । कार्यक्रमलाई व्यवस्थित गर्न कृषि पकेट कार्यक्रम सञ्चालन गरिनेछ ।
कृषिलाई निरन्तर पेशाको रुपमा अगाडि बढाउने उत्कृष्ट कृषक तथा कृषक समुहलाई सम्मान गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
कृषि उत्पादनको बजारिकरणका लागि कृषि बजार स्थापना गरिने, कृषि तथा पशुपन्छीजन्य उत्पादनलाई आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रिकीकरण, विविधिकरण र बजारीकरण गर्न सार्वजनिक, निजी तथा सहकारी क्षेत्रको समन्वय तथा सहकार्यलाई प्रथामिकता दिइने उल्लेख गरिएको छ ।
शिक्षा, स्वास्थ्य र समावेशी विकासमा जोड दिइएको नीति तथा कार्यक्रममा बागलुङ लगानी सम्मेलन गरिने उल्लेख गरिएको छ । ‘निजी क्षेत्रको सहकार्यमा नगर क्षेत्रभित्र ठुला उद्योग, कलकारखाना पर्यटन, कृषि उद्योग तथा ठूला पूर्वाधार निर्माण लगायतका नागरको समृद्धि र विकासकालागि लगानी जुटाउन विज्ञहरुको सुझावको आधारमा लगानीका क्षेत्रको पहिचान गर्न बागलुङ लगानी सम्मेलन गरिने’ उल्लेख गरिएको छ ।
आफ्नो नीति तथा कार्यक्रममा नगर प्रमुख श्रेष्ठले घुम्न जाउँ बागलुङ सञ्चालन गरिने बताउनुभयो । बागलुङको ऐतिहासिक मेला चैते दसैँको अवसरपारी घुम्न जाउँ बागलुङ कार्यक्रम सञ्चालन गरिनेछ ।
चैते दसैँ मेलालाई गण्डकी प्रदेशको उत्कृष्ट मेलाको रुपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा जहाँ विद्यार्थी त्यहाँ शिक्षक अभियानलाई प्रभावकारी बनाउने उल्लेख गरिएको छ ।
साुमदायिक विद्यालयमा कायम हुनुपर्ने शिक्षक विद्यार्थी अनुपातलाई व्यवस्थि तगर्नका लागि यो अभियानलाई प्रभावकारी बनाइने उल्लेख छ । अभियान अन्तरगत विद्यार्थी सङ्ख्याको आधारमा शिक्षक दरबन्दी मिलान, विद्यालय समायोजन तथा तहमिलान गर्ने नीतिलाई निरन्तरता दिइने उल्लेख गरिएको छ ।
त्यस्तो आफ्नो नीति तथा कार्यक्रममा बागलुङ नगरलाई फेसलेस र पेपरलेस बनाइने उल्लेख गरिको छ । पालिकाको सेवा प्रवाहलाई सरल, जवाफदेही, सेवाग्राहीमैत्री तथा प्रबिधिमैत्री बनाउँदै ई–गभरर्नेन्स अनुरुप फेसलेस र पेपरलेस (भौतिक उपस्थिति र कागज बिहीन) बनाइने उल्लेख गरिएको छ ।