• १० असार २०८२, मङ्गलबार

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, असार १० गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ५१ पैसा र बिक्रीदर १३९ रुपियाँ ११ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १५८ रुपियाँ ७९ पैसा र बिक्रीदर १५९ रुपियाँ ४८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८५ रुपियाँ २९ पैसा र बिक्रीदर १८६ रुपियाँ नौ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपियाँ १९ पैसा र बिक्रीदर १६९ रुपियाँ ९३ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ ३७  पैसा र बिक्रीदर ८८ रुपियाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ४८ पैसा र बिक्रीदर १०० रुपियाँ ९१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ १२ पैसा र बिक्रीदर १०७ रुपियाँ ५९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३७ पैसा र बिक्रीदर नौ रुपियाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ २७ पैसा र बिक्रीदर १९ रुपियाँ ३५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ९२ पैसा र बिक्रीदर ३७ रुपियाँ आठ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ र बिक्रीदर ३८ रुपियाँ १६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २० पैसा र बिक्रीदर चार रुपियाँ २२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ७२ पैसा र बिक्रीदर ३७ रुपियाँ ८८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ २५ पैसा र बिक्रीदर ३२ रुपियाँ ३९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ६९ पैसा र बिक्रीदर १० रुपियाँ, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २२ पैसा र बिक्रीदर १४ रुपियाँ २९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ २९ पैसा र बिक्रीदर २१ रुपियाँ ३८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ६४ पैसा र बिक्रीदर १७ रुपियाँ ७२ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रुपियाँ छ पैसा र बिक्रीदर ४५४ रुपियाँ दुई पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपियाँ ११ पैसा र बिक्रीदर ३६८ रुपियाँ ७० पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुपियाँ ७४ पैसा र बिक्रीदर ३६१ रुपियाँ ३० पैसा रहेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस