• ६ असार २०८२, शुक्रबार

अन्तरप्रदेशीय मार्ग निर्माण कार्य अघि बढ्छ: अर्थ मन्त्री यादव

blog

मधेस प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादव लहान नगरपालिको १६ औँ नगर सभाको समुद्घाटन कार्यक्रममा । तस्बिर: जीवछ यादव

जीवछ यादव

लहान, असार ६ गते । मधेस प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले मधेस प्रदेश सरकारले अन्तरप्रदेशीय मार्ग खोल्ने कार्य लहान नगरपालिकाबाट सुरु गर्ने बताउनु भएको छ । लहान नगरपालिकाको १६ औँ नगर सभालाई लहान नगरपालिकाको सभा हलमा समुद्घाटन गर्दै यस्तो बताउनु भएको हो । 

मधेस प्रदेश सरकारले प्रदेशको आर्थिक अवस्थालाई मजबुत गर्न व्यापार व्यवसायलाई प्रवर्धन गर्नको लागि पहाडी क्षेत्रको अन्तरप्रदेशीय मार्ग सञ्चालनमा ल्याउने क्रममा लहान नगरपालिकाको उत्तरी भेगमा रहेको धार्मिक पर्यटकीय क्षेत्र काब्रे महादेवलाई ध्यानमा राखेर कोशी प्रदेशको उदयपुर जिल्लालाई जोडने मार्ग निर्माणमा पहल थाल्ने उहाँले विश्वास दिलाउनुभयो । 

लहान नगरपालिका गठन भएको ५० औ वर्ष पुग्न लागेको यो नगरपालिकाले १६औ बजेट प्रस्तुत गर्दा शिक्षा , स्वास्थ्य कृषि र पर्यटन क्षेत्रको लागि नीति तथा कार्यक्रममा ल्याएको कार्यक्रमहरू सफल बनाउन प्रदेश सरकारले सके जति सहयोग गर्ने मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो,‘लहानको खुटी नहर सञ्चालनमा ल्याउन बजेट विनियोजन गर्न छुटे पनि यसको लागि बजेट रकमान्तर गरेर भए पनि नहर सञ्चालन गरेर किसानको माग पुरा गरिनेछ ।’