• २७ असार २०८२, शुक्रबार

वैदेशिक रोजगारीको पीडा : यो वर्ष मात्रै नौ जनाको मृत्यु

blog

फाइल तस्बिर

रामेछाप समाचारदाता

रामेछाप, जेठ ३० गते । छ वर्षको अवधिमा रामेछाप जिल्लाबाट वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका ३१ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म नौ जनाले रोजगारीका सिलसिलामा विभिन्न देशमा ज्यान गुमाएका हुन् । 

मन्थली नगरपालिकाको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) का कार्यक्रम संयोजक दीपककुमार केसीले आव २०७५/७६ देखि चालु आव २०८१/८२ को हालसम्म रामेछापबाट वैदेशिक रोजगारीमा गएका ३१ जनाले ज्यान गुमाएको बताउनुभयो । उहाँले भन्नुभयो, “सामीलाई जानकारी भएका तथ्याङ्कलाई हेर्दा विदेशमा ज्यान गुमाउनेको सङ्ख्या बढ्दो छ । आव २०७५/७६ मा तीन जना, आव २०७६/७७ मा चार जना, आव २०७७/७८ मा दुई जना, आव २०७८/७९ मा दुई जना र आव २०७९/८० मा ११ जनाको मृत्यु भएको छ । चालु आव २०८१/८२ को हालसम्म मात्रै नौ जनाले रोजगारीका व्रmममा विदेशमा ज्यान गुमाएका छन् ।”

सुरक्षित आप्रवासन कार्यक्रमलाई जानकारी भएका ३१ जना मात्रै भए पनि यो अवधिमा विदेशमा मृत्यु भएर पनि जानकारीमा नआएका अरू हुन सक्ने उहाँले बताउनुभयो । चालु आवको साउनदेखि चैतसम्म रामेछापबाट श्रम स्वीकृति लिएर चार हजार ७२० पुरुष र एक हजार ३५६ जना महिला गरी छ हजार ७६ जना वैदेशिक रोजगारीमा गएको उहाँले बताउनुभयो । 

हेल्वेटासकी कार्यक्रम संयोजक उमा पौडेलले हालसम्म ७१ लाख नेपाली वैदेशिक रोजगारीमा रहेको भनिए पनि वैदेशिक रोजगारीबाट फर्किनेको आधिकारिक विवरण कसैसँग नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले दैनिक दुई हजार दुई सय नेपाली विदेशमा रोजगारीको लागि गइरहेका छन् । आव २०७५/७६ देखि आव २०८०/८१ सम्मको तथ्याङ्क हेर्दा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दो क्रममा छ ।”उहाँका अनुसार श्रम स्वीकृति लिएर जानेमध्ये सबैभन्दा बढी २६ प्रतिशत संयुक्त अरब इमिरेट्स जाने गरेका छन् । त्यसपछि साउदी अरेबिया १९ प्रतिशत, कतार १८ प्रतिशत नेपाली वैदेशिक रोजगारमा रहेको पौडेलले बताउनुभयो । यसबाहेक मलेसिया, कुवेत, व्रmोएसिया, रोमानिया, जापान, दक्षिण कोरिया, बहराइनलगायतका देशमा पनि रोजगारीमा जाने गरेका छन् ।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण श्रेष्ठले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन आवश्यक रहेको बताउनुभयो । वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सुरक्षित आप्रवासन कार्यव्रmमले केही सहयोग पुगेको भए पनि यो कार्यक्रम अन्तर्गत सञ्चालित गतिविधिको नियमित अनुगमन तथा पृष्ठपोषण आवश्यक रहेको उहाँको भनाइ छ ।