• २८ जेठ २०८२, बुधबार

भर्‍याङबाट लडेर महिलाको मृत्यु

blog

सन्तोष सुवेदी
धनकुटा, जेठ २७ गते ।
धनकुटामा भर्‍याङबाट लडेर घाइते भएकी एक जना महिलाको उपचारका क्रममा मृत्यु भएको छ । घाइते महिलाको उपचारका क्रममा धनकुटा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा नगरपालिका–७, स्थित समावेशी टोल निवासी ६१ वर्षीया वर्तकुमारी राईको रहनुभएको छ । शुक्रबार साँझ करिब ९ बजे घरको छतमा जाने क्रममा भर्‍याङबाट लडेर गम्भीर घाइते हुनुभएको थियो । गम्भीर घाइते हुनुभएको राईको उपचारका क्रममा सोमबार करिब ९ बजे मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

प्रहरी प्रवक्ता डिएसपी खनालका अनुसार राई भर्‍याङबाट लडेर गम्भीर घाइते हुनुभएको थियो । उहाँको उपचारका क्रममा मृत्यु भएको हो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।