काठमाडौँ, जेठ २७ गते । एएफसी एसियन कप छनोट खेलमा नेपाल लाओससँग २–१ गोलले पराजित भएको छ ।
न्यु लाओस स्टेडियममा मङ्गलबार भएको खेलमा घरेलु टोली लाओसलाई जिताउन डामोथ थोङखामसााथले १३औँ र पिटर फान्थाभोन्गले ४९औँ मिनेटमा गोल गर्नुभयो ।
नेपालका लागि मनिष डाँगीले ७३औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्नुभयो । त्यसपछि थप गोल गर्न नसक्दा नेपाल हार खेप्न बाध्य बन्यो ।
नेपालले लाओससँग पहिलो पटक हार खेपेको हो । नेपालले यसअघि लाओसँग खेलेको ६ खेलमा चार जित निकालेको थियो भने दुई खेल बराबरीमा सकिएको थियो । तर सातौँ खेलमा आएर नेपाल पराजित भयो । छनोटको समूह ‘एफ’ मा रहेको नेपालले उसैको मैदानमा छनोट खेल खेलेको हो ।
यस खेलबाट कृतिशरत्न छुन्जुले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गर्नुभएको छ । उहाँ मनिष डाँगीको स्थानमा मैदान प्रवेश गर्नुभएको थियो । नेपालले लाओस जानु्अघि हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।
नेपालले हङकङलाई गोलरहित बराबरीमा रोकेको थियो । समूहको छनोट खेलमा भियतनाम, मलेसिया र लाओससँग प्रतिस्पर्धा गरिरहेको छ । नेपाल आफ्नो पहिलो खेलमा मलेसियासँग २–० गोलले पराजित भएको थियो ।
होम एन्ड अवेका आधारमा हुने छनोट खेलमा समूहको शीर्ष स्थानमा रहने टोलीसाउदी अरबमा सन् २०२७ मा हुने एसियन कपका लागि अहिले छनोट हुनेछ ।