• २७ जेठ २०८२, मङ्गलबार

मन्दिरको गजुर सफा गर्ने क्रममा लडेर एकजना गम्भीर घाइते

blog

नवलपुको देवचुलीमा रहेको सिजी धाम मन्दिर । फाइल तस्बिर

बोमलाल गिरी
नवलपुर, जेठ २७ गते ।
नवलपुको देवचुलीमा रहेको सिजी धाम मन्दिरको गजुर सफा गर्ने क्रममा लडेर एकजना गम्भीर घाइते भएका छन् ।

नवलपुरको देवचुली नगरपालिका–२ स्थित सिजी धाम मन्दिरको गजुर सरसफाई गर्ने क्रममा करिब आठ मिटर माथिबाट खसेर एक पुरूष गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

घाइते हुनेमा देवचुली ५ बस्ने १९ वर्षीय यामबहादुर मगर रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उहाँको टाउको, नाक, घाटी र शरीरका अन्य भागमा चोट लागेको छ । घाइते मगरलाई उपचारका लागि मनकामना अस्पताल भरतपुर चितवन पठाइएको जिल्ला प्रहरी कार्यायका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी मधु नेपालले जानकारी दिनुभयो ।

हालसम्म उहाँ बेहोस अवस्थामा रहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।