• २४ जेठ २०८२, शनिबार

शुभकालिकाको चंखेलीमा छ करोडमा सोलार जडान

blog

शुभकालिकामा जडान गरिएको सोलार । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा 
कालीकोट, जेठ २३ गते ।
कालीकोटको शुभकालिका गाउँपालिका–४ मा रहेको चंखेलीमा ६ करोड २५ लाखको सोलार जडान गरिएको छ ।

वैकल्पीक उर्जा प्रवर्धन केन्द्र र शुभकालिका गाउँपालिकाको संयुक्त लगानीमा यहाँ एक सय किलोवाटको सोलार मिनिङरिड परियोजना निमार्ण भएको छ । चँखेली इनर्जी प्रालिको एक करोड ३० लाख खर्च भएको छ भने वैकल्पीक ऊर्जाको दुई करोड ९२ लाख खर्च भएको छ ।

चँखेली इनर्जी प्रालिका अध्यक्ष जजराज शाहीले सोलार जडानमा ६ करोड २५ लाख खर्च भएको बताउनुभयो । त्यस्तै अरुले पोल, सकड, पर्खाल, फिल्ड निमार्ण गरेर पनि सहयोग गरेको उहाँको भानाइ छ । यसमा गाउँपालिकाले फिल्ड निमार्ण गरेको आयोजना स्थलसम्म सामग्री पुर्‍याउन सडक निमार्ण गरेको बताउनुभयो । साथै कागजी रुपमा सबैले सहयोग गरेका भनिए पनि मुख्य गरी कम्पनीको आफ्नै लगानी रहेको उहाँले बताउनुभयो ।

गाउँमा उज्यालो दिनका लागि सोलार जडान गरिएको अध्यक्ष शाहीको भनाइ छ । उहाँले सो रकम खर्च हुँदा अन्य स्रोत भने विभिन्न निकायबाट आय भएको जानकारी दिनुभयो ।

शाही स्थानीय गैरसरकारी संस्था हुरुन्डेक नेपाल कालीकोटका अध्यक्ष समेत हुनुहुन्छ । उक्त संस्था सञ्चालनमा आएको अहिले २८ वर्ष पुगेको छ ।