• २२ जेठ २०८२, बिहिबार

कान्ती लोकपथ चार दिन बन्द रहने

blog

कान्ति लोकपथमा निर्माण भइरहेको सडक । तस्बिरः स्मिता अर्जेल

स्मिता अर्जेल

मकवानपुरगढी, जेठ २० गते । मकवानपुरको हेटौँडालाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने प्रमुख मार्ग कान्ती लोकपथ चार दिनका लागि बन्द हुने भएको छ ।

बगुवा बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको काम सम्पन्न गर्नुपर्ने भएकाले जेठ २१ देखि २४ गतेसम्म सो सडक खण्डमा सवारी आवागमन पूर्णरूपमा बन्द हुने जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरेको छ ।  

जिप्रकाका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलका अनुसार प्रशासनले सो अवधिमा यात्रु र सवारी चालकलाई अन्य वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ । 

प्रशासनले कुलेखानी— कलङ्की— हुमाने वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक खण्ड प्रयोग गर्न अनुरोध गरेको छ । यसका लागि काठमाडौँ, ललितपुर र मकवानपुर जिल्लाका प्रशासनिक निकायबिच समन्वय गरी वैकल्पिक मार्गमा यातायातको सहजता सुनिश्चित गर्ने योजना बनाइएको छ । 

निर्माण कार्यको समयमा यात्रु तथा सवारी साधनको सुरक्षालाई उच्च प्राथमिकता दिइएको प्रशासनले जनाएको छ ।