काठमाडौँ, जेठ २० गते । काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुहरूको सहजताका लागि सशस्त्र प्रहरी बल नेपालले मङ्गलबार पनि दुई वटा बस सञ्चालन गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सञ्चालन हुने एउटा बस स्वायम्भु, कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म सञ्चानल हुने छ भने अर्को बस स्वयम्भु, कलङ्की, सातदोबाटो, कोटेश्वर, महाराजगन्ज हुँदै रिङरोड परिक्रमा गर्ने छ ।
सशस्त्रका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले सवारी साधन बन्दका कारण सर्वसाधारण नागरिकहरूलाई गन्तव्य सम्म पुयाउनका लागि सशस्त्र प्रहरी बल नेपालले निःशुल्क बस सेवा सञ्चालन गरेको जानकारी दिनुभयो ।