काठमाडौँ, जेठ १९ गते । नेपाल प्रहरीले राइड सेयरिङ सेवामार्फत बढी भाडा नलिन चेतावनी दिएको छ । सोमबार सार्वजनिक सवारी साधन बन्द भएको मौका पारी बढी भाडा लिनएको गुनासो आएपछि प्रहरीले सूचना जारी गर्दै भाडा नबढाउन चेतावनी दिएको हो ।
प्रहरी प्रधान कार्यालयले सूचना निकालेर यात्रुहरूलाई अफलाइन सेवासमेत प्रयोग नगर्न सचेत गराएको छ ।
सोमबार यातायात व्यवसायीहरुले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै सार्वजनिक यातायात बन्द गराएका छन् । यसै मौकामा राइड सेयरिङ सेवा शुल्क बढाइएको छ भने अफलाइन चलाउनेहरूको सङ्ख्या पनि बढेको छ ।
यता, भाडा बढाएको गुनासो आएपछि राइड सेयरिङ सेवा सञ्चालन गरिरहेको पठाओ कम्पनीले भने सूचना जारी गर्दै नबढाएको दाबी गरेको छ ।