काठमाडौँ, जेठ १४ गते। प्रतिनिधि सभामा सम्बोधन गर्न विपक्षीले अवरोध गरेपछि गृहमन्त्री रमेश लेखकले बुधबार साँझ पत्रकार सम्मेलन गर्नुहुने भएको छ।
गृहमन्त्रीको निजी सचिवालयका अनुसार बुधबार साँझ ५ बजे सङ्घीय संसद भवन ल्होत्से हलमा उहाँले पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको सचिवालयमा रहेका व्यक्तिको नाम मुछिएको भन्दै प्रतिपक्षी दलले प्रतिनिधि सभाको बैठकमा अवरोध गर्दै आएका छन्।
मङ्गलबार प्रतिपक्षी दलले अबरुद्ध गरेको संसद बैठक बुधबार पनि अवरोध भएको छ। आधा घण्टाका लागि स्थगित बैठक फेरि बस्न नसकेपछि बिहीबार दिउँसो १:३० बजेसम्मका लागि स्थागित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।