• २१ जेठ २०८२, बुधबार

यु–१६ राष्ट्रिय क्रिकेट सुर्खेतमा

blog

काठमाडौँ, जेठ १४ गते । यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता सुर्खेतमा अर्को सातादेखि सुरु हुने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले विज्ञप्ती जारी गर्दै जेठ १९ गते प्रतियोगिता सञ्चालन गर्ने जनाएको हो ।

यस प्रतियोगिताबाट एसिसी मेन्स यु–१६ इष्ट जोन कपका लागि खेलाठी छनोट गरिने छ । प्रतियोगिताका खेलहरू सुर्खेतको कालुञ्चोक र वीरेन्द्रनगर क्रिकेट मैदानमा हुने छ ।

सिङ्गल राउन्ड रोविन लिगका आधारमा खेलाइने प्रतियोगितामा सात प्रदेशको सहभागिता रहने छ । लिग चरणको शीर्ष दुई टोलीले जेठ ३१ गते फाइनल खेल्ने छन् ।