• २२ जेठ २०८२, बिहिबार

आर्मीलाई महिला रग्बी सेभेन्स उपाधि

blog

काठमाडौँ, जेठ १२ गते । शहिद स्मृति राष्ट्रिय महिला रग्बी सेभेन्स प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको फाइनलमा आर्मीले विभागीय अर्को टोली नेपाल एपिएफ क्लबलाई २०–५ ले हरायो । उपाधिसँगै आर्मीले एक लाख रुपियाँ पुरस्कार पायो ।

उपविजेता एपिएफले ५० हजार रुपियाँ प्राप्त गरेको छ । आर्मीकी मुना सोरेन उत्कृष्ट खेलाडी घोषित हुनुभयो । उहाँले सात हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

यसअघि सेमिफाइनलमा आर्मीले कोशी प्रदेशलाई ३६–० र एपिएफले कर्णाली प्रदेशलाई ३१–५ ले हराउँदै फाइनलमा स्थान बनाएका थिए । एक दिने प्रतियोगितामा आर्मी र एपिएफसहित बागमती, कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशले भाग लिएका थिए ।