• २२ जेठ २०८२, बिहिबार

धनुषामा दुई साँढेको जुधाइमा परेर एकको मृत्यु

blog

जनकपुर, जेठ १२ गते । धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा दुई साँढेबीचको जुधाइमा परेर एक जनाको मृत्यु भएको छ । मधेश प्र ०२-००७ प ९२६६ नं को स्कुटर चढेर गइरहेका बेला उपमहानगर-६ स्थित पेठियाबजारबाट प्रादेशिक अस्पताल जानेबाटोमा जुधिरहेका साँढेसँग ठोक्किँदा घाइते भएका वडा नं ७ का ५० वर्षीय सत्तार राइनको मृत्यु भएको हो । उहाँलाई जानकी हेल्थ केयरमा उपचारका लगिएकामा गएराति नै चिकित्सकले मृत घोषणा गरेका धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिनुभयो । रासस