• ४ जेठ २०८२, आइतबार

मध्यपुर र झापा विजयी

blog

बल खोस्ने प्रयास गर्दै मध्यपुर र बाँसबारीका खेलाडी ।

काठमाडौँ, जेठ ४ गते । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आइतबार मध्यपुर युथ एसोसिएसन र झापा एफसी विजयी भएको छ ।

एन्फा मैदान सातदोबाटोमा भएको खेलमा मध्यपुरले बाँसबारीलाई १–० गोलले हरायो । यस्तै त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको अर्को खेलमा झापाले टुसाल युवा क्लबलाई २–० गोलले पराजित गर्‍यो ।

मध्यपुरको जितमा साहिल केसीले ६५औँ मिनेटमा निर्णायक गोल गर्नुभयो । जितसँगै १२ खेलबाट १५ अङ्क बनाएको मध्यपुर सातौँ स्थानमा उक्लिएको छ । पराजित बाँसबारी समान १५ अङ्कसहित आठौँ स्थानमा छ । 

यस्तै दशरथ रङ्गशालामा झापालाई जिताउन दुवै गोल प्रदीप बुढाथोकीले गर्नुभयो । जितसँगै १८ अङ्क बनाएको झापा चौथो स्थानमा उक्लिएको छ । पराजित टुसाल रेलिगेसनको दबाबमा छ । टुसाल ११ अङ्कसहित १३औँ स्थानमा छ ।