अर्जुन काफ्ले
स्याङ्जा, वैशाख ३१ गते । भया एफसी पोखराले अर्जुनचौपारी गाउँपालिका–१ खेलमैदानमा आयोजित प्रथम अर्जुनचौपारी फुटबल कपको उपाधि जितेको छ ।
भया पोखराले पुतलीबजार फुटबल क्लबलाई ट्राइबेकरमा ३–१ गोलले पराजित गरेको हो । निर्धारित समयमा ३–३ गोलको बराबरीमा खेल सकिएपछि खेल ट्राइबेकरमा पुगेको थियो ।
युथ फर अर्जुनचौपारीले आयोजना गरेको खुल्ला क्लब स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगितामा भयाले उपाधि सहित ७१ हजार १११ रुपियाँ नगद, कप, मेडल र प्रमाणपत्र हात पारेको छ ।
पालिकामा पहिलो पटक आयोजना गरिएको फुटबल प्रतियोगिता उपबिजेता बनेको पुतलीबजारले ४१ हजार १११ रुपियाँमा चित्त बुझायो ।
बयरघारी युथ क्लबले तेस्रो बन्दै २१ हजार १११ रुपियाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । वैशाख २६ बाट सुरु भएको प्रतियोगतामा याङ्जा, कास्की, पर्वतका १५ क्लबको सहभागिता रहेको थियो ।