• ३१ वैशाख २०८२, बुधबार

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

blog

सुधा देव
भारदह(सप्तरी), वैशाख ३१ गते ।
सप्तरीको बिष्णुपुर गाउँपालिका–१ खुरुहुरीयामा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्युु भएको छ ।  राजविराज तर्फ आउँदै गरेको अन टेस्ट ट्याक्टर आफैँ अनियन्त्रीत भई सडकबाट तल पल्टिदा ट्याक्ट चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा न.१ कबिलासा बस्ने सिपैतलाल सन्तको छोरा अन्दाजी १८ वर्षीय दिपक कुमार सन्त रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिनुभएको छ ।

ट्याक्टर दुर्घटनामा गम्भीर घाइते भएका सन्तको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मृत्युु भएको प्रवक्ता बस्नेत जानकारी दिनुभयो ।

मृतक सन्तको शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको शव गृहमा राखिएको छ र ट्याक्टर प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।