• २९ वैशाख २०८२, सोमबार

छत्तीसगढ दुर्घटनामा १३ जनाको मृत्यु

blog

दुर्घटनामा परेका गाडि ।

नयाँ दिल्ली, वैशाख २९ गते । भारतको मध्यक्षेत्रमा अवस्थित छत्तीसगढ राज्यमा बस र ट्रक एकापसमा ठोक्किँदा नौ महिला, एक शिशुसहित कम्तीमा १३ जनाको मृत्यु भएको छ ।  घटनामा अन्य १४ जना घाइते भएका स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

राज्यको राजधानी रायपुरनजिक आइतबार राति ११ बजे दुर्घटना भएको थियो । आफन्तको घरमा आयोजित एक कार्यक्रममा सहभागी भएर घर फर्कंदै गर्दा उक्त दुर्घटना भएको प्रहरीको भनाइ छ । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

राज्यका पूर्व मुख्यमन्त्री भूपेस बघेलले हालैका वर्षहरूमा छत्तीसगढमा सडक दुर्घटनाको सङ्ख्यामा वृद्धि भएको बताउँदै राज्य सरकारलाई यस्ता दुर्घटनाहरू रोक्न र मानव जीवन बचाउन कदम चाल्न आग्रह गर्नुभयो । रासस/सिन्ह्वा