• २९ वैशाख २०८२, सोमबार

बैशाख शुक्लपक्ष पुर्णिमाको अवसरमा बुद्धको मूर्ति खटमा राखी नगर परिक्रमा

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, बैशाख २९ गते ।  गौतम बुद्धको जन्मदिन,ज्ञान प्राप्ती र महापरिनिर्वान तीन वटै संयोग एकै दिन परेको बैशाख शुक्लपक्ष पुर्णिमाको अवसरमा बुद्धको मूर्ति खटमा राखी नगर परिक्रमा गराइएको छ । झिगु मङ्का खलः द्वारा २५६९ औँ बुद्ध जयन्तीको अवसरमा काठमाडौँ महानगरको वडा, २ र ३ क्षेत्रमा शान्ति र्यार्लीको आयोजना गरिएको हो ।

शान्ति र्यार्लीमा स्थानीय युवा, खेलाडी, कलाकार, विद्यार्थीहरु, स्थानीय तहका राजनीतिक नेतृत्व तहमा रहेका प्रतिनिधीलगायत सबै स्थानीयहरुको सहभागीतामा निकाएिको शान्ती र्यार्ली निल सरस्वतीस्थान, स्वेतकालीस्थान, खुर्सानीटार, लाजिम्पाट दयाश्वर महादेव। गैरीधाराको परिक्रमा गर्दै सभामा परिणत भएको हो । 

महानगर वडा २ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बुद्धको सन्देश सधैं सान्दर्भीक रहने बताउनुभयो । उहाँले कार्यक्रमका सहजकर्ता स्थानीय युवा प्रविण श्रेष्ठले यस क्षेत्रका विगत लामो समयदेखि बुद्ध जयन्तीमा स्थानीय मिलेर मनाउने गरिएको र यसले आगामी दिनमा पनि निरन्तरता पाउने जानकारी दिनुभयो ।