• २६ वैशाख २०८२, शुक्रबार

घर घरमा धारा आएपछि स्थानीय हर्षित

blog

सर्लाही समाचारदाता

सर्लाही, वैशाख २६ गते  । चुरेको विकट क्षेत्रमा पर्ने सर्लाहीको हरिवन नगरपालिका–१, डुम्रीघारीमा घर घरमै खानेपानीको धारा पुगेपछि स्थानीय दङ्ग परेका छन् ।  बर्सौंदेखि हरिवन राईखोलाको पानी पिउँदै आएका स्थानीय अहिले भने घरमै खानेपानीको धारा पुगेपछि खुसी भएका हुन् । वडा कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ मा विनियोजन गरेको पाँच लाख रुपियाँ बजेटबाट चुरेफेदीको एकान्त ठाउँमा पर्ने डुम्रीघारीमा खानेपानीको सुविधा पुु-याइएको हो । चुरेपाखाको पहेँली खोल्सामा रसाएको पानी पाइपमार्फत बस्तीनजिकै १५ हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरेर जम्मा गरिएको छ । ट्याङ्कीमा सङ्कलन भएको पानी स्थानीयको घर घरका धारामा पठाइएको हो ।

पाँच वर्षअघि बसाइँसराइ गरेर डुम्रीघारी आउनुुभएकी कर्णमाया विश्वकर्मालाई खोलाको पानी पिउँदै आएकोमा अहिले घरमै खानेपानीको धारा झर्दा आधा दुःख हटेको अनुुभूति भएको छ । उहाँले भन्नुभयो, “तल खोलाबाट गाग्रोमा पानी बोकेर यो उकालोमा थरर काम्दै आउनुुपथ्र्यो । अब त त्यस्ता दुःखको दिन सकियो ।” डुम्रीघारीका स्थानीयले हरिवन राईखोलामा कुवा खनेर पिउने पानी, सरसफाइ र चौपायालाई खुवाउँदै आएका थिए । डुम्रीघारीकी पूर्णिमाया बलम्पाकीले खानेपानीका लागि खोला खोला भौँतारिनुपर्ने बाध्यता टरेकोमा खुसी व्यक्त गर्नुभयो । 

उहाँले भन्नुुभयो, “खोलामा दस ठाउँमा जरुवा पानी खोज्दाखोज्दै दिन जान्थ्यो तर अहिले धारा आएपछि खानेपानीको दुःख टरेको छ ।” डुम्रीघारीमा नौ घरधुरीले खानेपानी उपयोग गरिरहेका छन् । दुुई महिनाअघिदेखि खानेपानीको सुविधा भएपछि अन्य स्थानीयले धमाधम धारा जडान गर्न थालेका छन् । स्थानीय कृष्णकुमारी गोतामेले हिउँदयाममा कुवा सुक्ने र वर्षायाममा बाढी आएर त्यहाँ कुवा पनि बगाउने समस्याबाट मुक्ति पाएको बताउनुुभयो । 

हरिवन नगरपालिका–१ का वडाध्यक्ष टमबहादुर घिसिङका अनुसार वडाले विनियोजन गरेको पाँच लाख रुपियाँ बजेटबाट खानेपानीको ट्याङ्की निर्माण र आठ जना स्थानीयको घरको धारासम्म पानी पुु-याउन पाइप सहयोग गरिएको छ । डुम्रीघारीका स्थानीयलाई खानेपानी खुवाउन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मलङ्गवाले तीन सय मिटर पाइप उपलब्ध गराएको वडाध्यक्ष घिसिङले बताउनुुभयो । 

चुरे भेगको विकट पहाडैपहाड रहेको आफ्नो वडामा अब सिन्धुलीको सीमामा पर्ने बेलडाँडाका ४०/४५ घरधुरीमा खानेपानी सुविधा पुुग्न बाँकी रहेको वडाध्यक्ष घिसिङले जानकारी दिनुुभयो । उहाँले भन्नुुभयो, “अहिलेसम्म केराबारी, थामीटोल, कोठीखोला, सखुवनी र डुम्रीघारीका चार सयभन्दा बढी घरधुरीमा खानेपानी सुविधा पुु-याइसकिएको छ ।  बिलन्दी र भोक्टेनीमा खानेपानीका लागि काम हुँदै छ । त्यसपछि त बाँकी रहेको बेलडाँडामा पनि दुुई वर्षभित्रमा लिफ्टिङ गरेर खानेपानी पुु-याउने योजना बनाएका छौँ ।”