• २४ वैशाख २०८२, बुधबार

‘केही भनेकै छैन’ सार्वजनिक

blog

काठमाडौँ, वैशाख २४ गते । लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक भएको छ । गीतमा सुदीप अधिकारी र शान्तीश्री परियारको स्वर रहेको छ । गीतको शब्द तथा सङ्गीत सुदीपले नै दिनुभएको छ भने कमल सौरागले गीतमा सङ्गीत संयोजन गर्नुभएको छ ।

ओवी रायमाझी र जुना विश्वकर्माको अभिनय रहेको गीतमा सुदीप बरालको छायाङ्कन तथा मनोज कार्कीको सम्पादन छ । 

गाउँले परिवेशमा खिचिएको गीतको भिडियोमा ग्रामीण जनजीवन समेटिएको छ । लेकबेँसी, गोठालो र पानी पँधेरो गर्दा युवकयुवतीबिच बसेको प्रेमगीत भिडियोमा समेटिएको देखिन्छ । गीतमा प्रेममा रहेको जोडीको प्रेमिल कल्पना, प्रेमिकालाई छोडेर टाढा जानु पर्दाको पीडा र त्यसक्रममा हुने युवकयुवतीको संवाद गीतमा सुन्न र देख्न सकिन्छ ।