काठमाडौँ, वैशाख १२ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले भूकम्पपछि बनेका सम्पदाहरू उठाएको उद्घोष गर्नुभएको छ ।
शुक्रबार अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौँ उपत्यका विश्व सम्पदाको क्षेत्र) को तेस्रो वार्षिक बैठकको उद्घाटन गर्नुहुँदै मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘‘सम्पदा भनेको सभ्यताको पहिचान हो । यी हाम्रा परिचयका प्राण तत्व पनि हुन् । यसम केबल भौतिक वस्तु मात्रै होइन, अभौतिक वस्तु समेत रहेको छन् । त्यसैले हाम्रो इतिहास छ । हाम्रो इतिहास दर्विलो छ ।’’
उहाँले भूकम्पपछि ढलेका सम्पदाहरुको पुरातात्विक संर या पुनर्निर्माण परम्परागत शैलीमै गरिएको समेत बताउनुभयो ।
उहाँले थप्दै भन्नुभयो, ‘‘ललितपुरमा पनि कला जीवित छ । भक्तपुरमा पनि जीवित छ । काठमाडौँमा जीवित छन् । हाम्रा अरनीको अहिले पनि जीवित छन् । त्यसैले हामीले हाम्रो गौरवलाई जोगाएर संरक्षण गर्दै जाने र पुस्तान्तरण गर्दै जाने हो । युनेस्कोको सम्पदा सूचीमा हाम्रा सम्पदालाई जोड्न खोज्छौँ । त्यसैले हाम्रा सम्पदाहरु विश्वव्यापी छन् ।’’ उहाँले सम्पदा जोगाउने भनेकै त्यहाँको स्थानीयको भएको बताउनुभयो ।
मन्त्री पाण्डेले स्थानीयको सहभागीता बिना सम्पदाहरुको संरक्षण गर्न नसकिने बताउनुभयो । उहाँले भूकम्पका कारण हाम्रा थुप्रै सम्पदाहरु बलेका बताउँदै अहिले ती सम्पादाहरु उठ्ने क्रममा रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘भूकम्पपछि बलेका सम्पदाहरु उठ्ने क्रममा छन्, ती उठ्नु सँगसँगै विश्वास पनि उठेको छ । हाम्रा आस्था पनि उठेका छन् । र हाम्रो आत्मविश्वास पनि उठेको छ । हामी गर्न सक्छौं, भूकम्पको दश वर्ष मनाइरहँदा दश वर्षको समीक्षा समेत गर्न जरुरी छ ।’’
उहाँले मुटुलुकमा भूकम्प जुन सुकै बेला र जति सुकै बेला आउन सक्ने बताउँदा सम्पदाहरु निर्माण गर्दा त्यसबाट सचेत हुन जरुरी रहेको बताउनुभयो ।
मन्त्री पाण्डेले काठमाडौँ भित्रका थुप्रै हनुमानढोका, बौद्ध, पशुपतिनाथ, कृष्ण मन्दीर लगायतका सम्पादाहरुको संग्रह र व्यवस्थित गर्नुपर्ने औँल्याउनुभयो । उपत्याका भित्रका सम्पदाहरुको संरक्षणका लागि एउटा सक्रिटको रुपमा अघि बढाउनेमा विश्वासमा समेत दिलाउनुभयो ।