• १२ वैशाख २०८२, शुक्रबार

अपाङ्गता भएकालाई अवसर दिइनुपर्ने

blog

अपाङ्गता भएका व्यक्तिका अभिभावक र सरोकारवालाबिचको छलफल कार्यक्रम । तस्बिर : वासुदेव शर्मा

खलङ्गा समाचारदाता 

जाजरकोट, वैशाख १२ गते  । अपाङ्गता भएका व्यक्तिलाई सिक्ने अवसरबाट वञ्चित नगर्न अभिभावकलाई सरोकारवालाले सुझाव दिएका छन् । छेडागाड नगरपालिकामा अपाङगता भएका व्यक्तिका अभिभावकसँगको छलफलमा यस्तो सुझाव दिइएको हो । छेडागाड नमुना युवा विकास केन्द्रले आयोजनामा अपाङ्गता भएका बालबालिकाप्रति समान धारण बनाउन सरोकारवाला निकाय र अभिभावकसँग छलफल गरिएको छ । आमाबुवा तथा अभिभावकका कारण अपाङ्गता भएका बालबालिका पछि परेकाले सोच परिवर्तन गरी सिक्ने अवसर प्रदान गर्न सुझाव दिइएको छ । 

छेडागाड नमुना युवा विकास केन्द्रका अध्यक्ष दीपक खत्रीले स्थानीय सरकार, दातृ निकाय, सरोकारवालासँगको सहयोगमा अपाङ्गता भएका व्यक्तिलाई समावेशिता, समान सहभागिता, आत्मीयता बढाउने कार्यक्रम 

ल्याउन आग्रह गर्नुभयो ।