• ७ वैशाख २०८२, आइतबार

‘के घर के डेरा : घर नं. २’ सिक्वेल होइन

blog

गोरखापत्र समाचारदाता

काठमाडौं, वैशाख ७ गते । निर्देशक दीपेन्द्र के खनालले चलचित्र ‘के घर के डेरा : घर नं. २’ अघिल्लो चलचित्रको सिक्वेल नभएको बताउनुभएको छ । ‘के घर के डेरा’ कमेडी सोसल ड्रामा थियो भने ‘के घर के डेरा : घर नं. २’ पूर्ण रूपमा सोसल ड्रामा हो । चलचित्रमा घर र डेराको कुरा छ, उहाँले भन्नुभयो, “यो पूरै नयाँ चलचित्र हो । सिक्वेल नभएर सिरिज हो । फरक र भिन्न कथा छ ।” निर्देशक खनालले आफू आफ्नै जनराको चलचित्र निर्माणमा फर्किएको बताउनुभयो । 

जेठ २ गते प्रदर्शन हुने चलचित्रको कथा लेखक बुद्धिसागरले लेख्नुभएको हो । चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासनासिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, सिर्जना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ । कृष्णबहादुर थापाको छायाकन रहेको चलचित्रको निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहनुभएको छ भने कार्यकारी निर्माता युवराज कार्की हुनुहुन्छ ।