• ६ वैशाख २०८२, शनिबार

पत्रकार कुँवर सम्मानित

blog

उपसभामुख इन्दिरा रानामगरबाट अवार्ड लिँदै पत्रकार नवराज कुँवर ।

काठमाडौँ, वैशाख ४ गते। पत्रकार नवराज कुँवर ‘नेसनल क्यापिटल अनर अवार्ड २०८१’ बाट सम्मानित भएका छन्।शिलापत्र मल्टिमिडियामा कार्यरत कुँवरलाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित विशेष समारोहमा आयोजक मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोष, प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगर र बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवम् प्रतिनिधिसभा सांसद राजेन्द्र पाण्डेले कुँवरलाई सम्मान–पत्र प्रदान गर्नुभयो ।

५ वर्षदेखि शिलापत्र डटकममा आवद्ध कुँवरले विशेषतः सोसल मिडिया, बालबालिका र अल्पसंख्या समुदायबारे रिपोर्टिङ गर्दै आउनुभएको छ। यसअघि गत १३ चैतमा उहाँलाई राष्ट्रिय डिजिटल पत्रकारिता अवार्ड २०८१ बाट सम्मान गरिएको थियो ।

नेसनल क्यापिटल अवार्डअन्तर्गत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका समाजसेवी, कलाकर्मी र व्यवसायीलाई पनि सम्मान गरिँदै आएको छ।