मकवानपुर समाचारदाता
मकवानपुर, वैशाख ३ गते । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको प्रक्रिया सुरु गरेको छ । बागमती प्रदेश सरकारले आफ्नो प्राथमिकता योजना स्थानीय तहहरूसँग माग गरेको छ ।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशका ११९ वटै स्थानीय तहसँग आगामी आवका लागि प्राथमिकताका योजना प्रस्ताव गर्न भनेको हो । प्रदेश समपूरक अनुदान र प्रदेश विशेष अनुदानका लागि बढीमा तीन/तीन वटा आयोजना तथा कार्यक्रम वैशाख २० गतेभित्र मन्त्रालयमा पठाउनुपर्ने अधिकृत इन्द्रराज सन्ज्यालले जानकारी दिनुभयो ।
समपूरक अनुदानका लागि पूर्वाधार क्षेत्रतर्फ, औद्योगिक ग्राम, बजार जोड्ने स्थानीय सडक तथा पदमार्ग, उत्पादन, विज्ञान तथा प्रविधिसँग सम्बन्धितलगायत योजनाका लागि रकम माग गर्नुपर्ने सर्त राखिएको छ ।
सामाजिक विकास क्षेत्रतर्फ आफ्नै भवन नभएका सरकारी सामुदायिक विद्यालयको भवन निर्माणसम्बन्धी आयोजना, स्वास्थ्य चौकी, अस्पताल, फोहोर मैला प्रशोधन तथा व्यवस्थापन कार्यव्रmमका लागि माग गर्नुपर्ने छ । मन्त्रालयका अनुसार समपूरक अनुदानका लागि प्रस्तावित आयोजना बढीमा दुई वर्षको हुनुपर्ने छ ।