• ३ वैशाख २०८२, बुधबार

क्यानबेरामा सांस्कृतिक कार्य क्रम

blog

सचिन पोख्रेल

क्यानबेरा (अस्ट्रेलिया), वैशाख २ गते । नयाँ वर्ष २०८२ को अवसरमा सनातन समाज अस्ट्रेलियाले अस्ट्रेलियाको राजधानी क्यानबेरामा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । क्यानबेरालगायत अस्ट्रेलियाका अन्य स्थानमा बसोबास गर्ने हजाराँै नेपाली कार्यक्रममा सहभागी भएका थिए । 

कार्य क्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले आफ्नो नेपाली भाषा, धर्म र संस्कृतिको जगेर्ना गर्ने अभियानलाई निरन्तरता दिएकोमा प्रशंसा गर्नुभयो । 

उहाँले यस्ता कार्यक्रमले नेपाली समुदायलाई एकताबद्ध बनाउन महìवपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै अस्ट्रेलियामा रहेका नेपालीले उदाहरणीय रूपमा आफ्नो पहिचानलाई जोगाइरहेको बताउनुभयो । कार्यक्रममा क्यानबेरा राज्यका मन्त्री तथा उच्च पदाधिकारीले अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायको योगदान अत्यन्त सकारात्मक रहेको प्रतिक्रिया दिँदै यस्ता गतिविधिले आपसी समझदारी र सहिष्णुता बढाउने बताएका थिए । अस्ट्रेलियाको क्यानबेरा राज्यका यातायात तथा सहरी विकासमन्त्री क्रिष स्टिलले मिलनसार, सहयोगी र आफ्नो जिम्मेवारी र कर्तव्यप्रति प्रतिबद्ध नेपाली समुदायले अस्ट्रेलियामा आफ्नो पहिचान कायम गर्ने सम्बन्धमा एकता प्रस्तुत गरिरहेको बताउनुभयो ।

क्यानबेरा राज्यका बहुसांस्कृतिक मामिलामन्त्री माइकल पिटरसनले नेपाली समुदायको उपस्थिति र उनीहरूले सामाजिक र मानवीय सेवाको क्षेत्रमा गरेको काम आफूहरूले पनि सिक्ने र सहकार्य गर्ने अवसर पाएको बताउनुभयो । अस्ट्रेलिया संसद्का सांसद डेबिट स्मिथले नेपाली समुदायले गर्ने सकारात्मक र रचनात्मक काममा आफ्नो तर्फबाट सक्दो सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सनातन समाज अस्ट्रेलियाका अध्यक्ष सन्तोष मल्लले नेपाली धर्म, संस्कृति, रीतिरिवाज र पहिचानको संरक्षण अभियानलाई संस्थाले प्राथमिकता दिँदै आएको बताउनुभयो ।