• ३ वैशाख २०८२, बुधबार

चितवनलाई हराएको काठमाडौँको प्लेअफ सम्भावना कायम

blog

बल खोस्ने प्रयास गर्दै काडमाडौँ र चितवनका खेलाडी । तस्बिर सौजन्य : स्पोर्ट्सनेप

काठमाडौँ, वैशाख १ गते । काठमाडौँ रेजर्स एफसीले नेपाल सुपर लिग (एनएसएल) को प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ ।

दशरथ रङ्गशालामा सोमबार भएको खेलमा एफसी चितवनलाई २–० गोलले हराउँदै काठमाडौँले प्लेअफ सम्भावना विजित राखेको हो ।

काठमाडौँको जितमा बुकारी माने र अमडोउ डियोपले गोल गर्नुभयो । जितसँगै काठमाडौँले ६ खेल खेलबाट आठ अङ्क बनाएको छ । पराजित चितवनको पाँच खेलबाट सात अङ्क छ ।

सात टोलीको सहभागिता रहेको लिगमा हाल साविक विजेता ललितपुर सिटी एफसीले ११ अङ्क जोड्दै प्लेअफमा पुगिसकेको छ । एक अङ्कसहित अन्तिममा रहेको बुटवल लुम्बिनी प्लेअफ दौडबाट बाहिरिसकेको छ ।