• ३ वैशाख २०८२, बुधबार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनलाइन टिकट सेवा सुरु

blog

सन्तोष दहित

दाङ, वैशाख १ गते । दाङको घोराही उपमहानगरपालिकास्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अनलाइन टिकट सेवा सुरु गरेको छ । सेवालाई प्रभावकारी र सहज बनाउनका लागी अनलाइ टिकट सेवा सुचारु गरेको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिनुभयो । 

सेवा सुधारलाई मध्यनजर गर्दै घरबाट नै अनलाइन टिकट काट्ने र ल्याब रिपोर्ट पनि मोबाइल वा कम्प्युटरमै हेर्न सकिने व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो । 

प्रतिष्ठानमा सेवा लिन आउने बिरामीहरुको संख्या अत्यधिक बढ्न थालेपछि  र नाम दर्ताको लागी घण्टौसम्म लाइन लाग्नुपर्ने हुदा त्यसलाई व्यवस्थित गर्दै अनलाइन टिकट काट्ने र ल्याब रिपोर्ट पनि अनलाइनमै हेर्न सकिने ब्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो ।

अबदेखि लामो समय लाइन लाग्नुपर्ने र रिपोर्टको लागी पालो कुर्नुपर्नेमा सहज हुने उहाँले बताउनुभयो ।