• २ वैशाख २०८२, मङ्गलबार

एक्स्काइभेटर पल्टिँदा चालकसहित दुई जनाको मृत्यु

blog

राजन रावत

हुम्ला, वैशाख १ गते । एक्स्काभेटर पल्टिदा चालक सहित दुई जनाको मृत्यु भएको छ । दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिका–२ को लोतीको सडकबाट एक सय मिटर तल खस्दा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । 

चैनवाल एक्स्काभेटर दुर्घटनामा परि मृत्यु हुनेमा चङ्खेली गाउँपालिका– २ का ३१ वर्षका अर्जुन कामी र अर्का एक जना वर्ष ४५ मा परवल कामीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक शङ्कर पोखरेलले बताउनुभयो । प्रदेश नम्बर २–०३–००१क ०९७५ को एक्स्काभेटर सडकबाट पल्टिएको उहाँले बताउनुभयो । यसअघि बिग्रिएर सडक मै राखिएको एक्स्काभेटरलाई चालक कामीले चलाएर लैजाने क्रममा पल्टिदा सडकबाट एक सय मिटर तल खसेको थियो । 

गम्भीर घाइते अवस्थामा दुवै जनालाई श्रीमष्ट स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको र उपचार कै क्रममा मृत्यु भएको उहाँले बताउनुभयो ।  दुवै शव प्रसुती गृह पिप्लाङमा राखिएको र पोस्ट मार्टम जिल्ला अस्पताल वा बाजुराको कोल्टी लिने छलफल भई रहेको छ । सो दुर्घटना आइतबार बेलुका भएको हो । लोतीबाट मिमी जाने क्रममा एक्स्काभेटर पल्टिएको हो ।