• २ वैशाख २०८२, मङ्गलबार

गुन्जिए कालजयी गीत

blog

कास्की समाचारदाता

कास्की,वैशाख,१ गते । नेपाली साङ्गीतिक क्षेत्रका नक्षत्र स्वरसाम्राज्ञी अरुणा लामा र तारादेवीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पोखरामा उहाँका कालजयी गीतले सभा हल गुञ्जायमान भयो ।

‘अरुणा लामा–तारादेवी स्मृति साँझ’ मा पोखरेली कलाकारले अरुणा लामा र तारादेवीका कालजयी गीत गुञ्जाएका हुन् । देवी गुरुङले ‘उडी जाउँ भने’, लक्ष्मी गिरीले ‘काली पारे दाइ कति राम्रो’, एलिना गुरुङले ‘भेटिनु छुटिनु त के हो र’, रजनी ऋदम राईले ‘फूलैफूलको मौसम तिमीलाई’, कौशल्या गुरुङले ‘यति धेरै माया दिई’, गायिका ईतु जोजिजूले ‘उकाली ओरालीहरूमा’, गायिका शीतल थापाले ‘सागुरी बारि नि है’ र शीतलले रामभक्त जोजिजूसँग युगल स्वरमा ‘ए कान्छा मलाई सुनको तारा’ तथा मितु पालले ‘तिम्रा पाउहरूमा म’ गीत गाउँदा साङ्गीतिक माहोल नै छुट्टै बनेको थियो । गायिका राना प्रधानले ‘फूललाई सोधेँ’, बोबी सुनारले ‘पोहोर साल’ गीतको बोलमा (धुन) सुनाएर दर्शकलाई मन्त्रमुग्ध बनाउनुभएको थियो ।