आज नयाँ वर्ष–२०८२ को पहिलो दिन । वर्ष २०८१ ले बिदा लिएको छ । नयाँ वर्षको उत्साह र उमङ्गले नेपालीको मन रोमाञ्चित छ । विव्रmम संवत् मान्ने नेपाल, भारतलगायतका देशमा यतिबेला साँच्चै रौनक छ । वसन्तमा पालुवा छन् । फूलबारीमा वसन्त फूलवासनाले यौवना फव्रिmएको छ । हिमाली तथा पहाडी वनमा लालीगुराँस ढकमक्क फुलेको छ । केही दिनयताको पूर्वमनसुनी वर्षाले धुवाँ, धुलो हटाउँदै छ ।
जलसिञ्चनले धर्तीमातालाई नयाँ जीवनको आधार भर्दै छ । बर्से बालीका निम्ति किसानको आशा र भरोसा परिपक्व हुँदै छ । सौर्य मानकका हिसाबले नयाँ वर्षको विशिष्ट महŒव छ । हिन्दु पञ्चाङ्गमा आधारित पात्रो अनुसारको विव्रmम संवत् पश्चिमा जगत्ले मान्ने इस्वी संवत्भन्दा अघि नै प्रचलनमा आएको हो । पश्चिमा अङ्ग्रेजी पात्रोभन्दा इस्वी संवत् ५७ वर्ष आठ महिना १५ दिनले अघि छ । वैदिक समयाङ्कनमा आधारित यो पात्रो सूर्यसँग सम्बद्ध छ । त्यसैले पनि विसं अनुसारका महिनाका नाम नक्षत्रका नाममा आधारित छन् । राजा विव्रmमादित्यले चलाएको पात्रोको विशिष्ट कथन पनि छ । राजा विव्रmमादित्यको लगभग २१०० वर्षपहिले जन्म भएको मानिन्छ । उनी राजा गन्धर्व सेनका पुत्र थिए भने महान् संस्कृत कवि भर्तृहरिका भाइका रूपमा पनि उनलाई चिनिने गरिन्छ । विव्रmमको वीर तथा आदित्यको अर्थ सूर्य मानिन्छ । सूर्य जस्तो वीर हुनाले उनलाई विव्रmमादित्य भनिएको मानिन्छ । उज्जैनका राजा विव्रmमादित्यपछि अन्य राजालाई पनि विव्रmमादित्यको उपाधि दिने प्रचलन चलेको थियो । नेपालमा श्री ३ चन्द्रशमशेरले विव्रmम संवत्को पात्रो चलनचल्तीमा ल्याएसँगै बर्सेनि वैशाख १ गतेले नयाँ वर्षको उत्साह भर्दै आएको छ ।
नयाँ वर्ष केवल पात्रो फेरिने दिन मात्र होइन; यसले नवीन आशा, विश्वास र अवसर दिन सक्नु पर्छ । गएको वर्ष नेपाल र नेपालीका निम्ति मिश्रित रह्यो । विशेष गरी नेपाली राजनीति बर्सौंदेखि अस्थिरतामा रुमल्लिएको थियो । आमनिर्वाचन–२०७९ पछि सरकारको समीकरण फेरिने व्रmमले झनै तीव्रता पाएको थियो । प्रधानमन्त्रीले पटक पटक विश्वासको मत लिनुपर्ने अवस्था देखियो । संसद्मा तेस्रो ठुलो दलको नेतृत्वले संसद्मा पहिलो र दोस्रो दललाई पालैपालो साथ लिएर सरकारको समीकरण फेरबदल गरिरहने प्रव्रिmया चाँचाँडो हुन थाल्यो । सरकारको फेरबदल र अस्थिरताले देशका सबै जसो क्षेत्रमा अस्थिरताको बादल मडारिनु स्वाभाविक जस्तै बन्यो । विशेष गरी अर्थतन्त्रले खास गति लिन सकेन ।
बैङ्क तथा वित्तीय क्षेत्रमा तरलता थुप्रिए पनि लगानी बढेन । लगानीको खासै वातावरण बन्न नसक्दा आय, उत्पादन र रोजगारी बढेन । त्यसै समयचव्रmमा संसद्मा रहेका पहिलो र दोस्रो राजनीतिक पार्टी नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) को असार मध्यमा मिलनले नयाँ सरकारको संरचना तयार भयो । असार अन्तिममा बनेको वर्तमान सरकारसँगै देशमा स्थिरता अनुभूत गरियो । साउनयता लगानीप्रति विश्वासको वातावरण बनेकै कारण मुलुकको सेयर बजारमा उछाल आउन थाल्यो ।
राजनीतिक स्थिरतासँगै अहिले अर्थतन्त्रमा विश्वासको वातावरण बन्न थालेको छ । विश्व बैङ्क र एसियाली विकास बैङ्क (एडिबी) जस्ता विश्वासिला वित्तीय संस्थाले नेपाली अर्थतन्त्र बिस्तारै सुधारको दिशातिर अग्रसर भएको प्रक्षेपण गरेका छन् । दुई ठुला दलको वर्तमान सरकार संविधान कार्यान्वयनको यो एक दशकमा देखिएका कमीकमजोरी हटाएर आमसहमतिमा संशोधन गरी नयाँ युगतर्फ मुलुकलाई अग्रसर गराउन प्रतिबद्ध छन् । सरकार निर्माण हुँदाका बखतमा गरिएको संविधान संशोधनलगायतका प्रतिबद्धता अनुसार वातावरण बनाउने दिशामा राजनीति अग्रसर देखिन्छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँदै मुलुकलाई समृद्धिको युगतर्फ अग्रसर गराउने मूल दायित्व सबै राजनीतिक दल र आमनागरिकको मौजुदा कार्यदिशा हो ।
यसबाट बहकिने छुट कसैलाई छैन तथापि कतिपयलाई गणतान्त्रिक उपलब्धि पाच्य नहुनु अस्वाभाविक भएन । उनीहरू लोकतान्त्रिक हक र अधिकारबाट नेपाली जनतालाई वञ्चित गर्दै फेरि निरङ्कुशको कालो सपनामा भुल्याउन खोजिरहेका छन् । प्रतिगमनतिरको यो कुयात्रा नेपाली जनतालाई किमार्थ मान्य छैन, हुँदैन । सङ्घीय लोकतान्त्रिक गणतन्त्रका मूल्य, मर्म र आदर्शलाई अझ सशक्त र बलियो बनाउँदै देशलाई समृद्धिको आधुनिक युगतर्फ लैजानु वाञ्छनीय छ । सुशासन र पारदर्शितालाई आत्मसात् गर्दै देशको सर्वाङ्गीण विकास अबको अपरिहार्य आवश्यकता हो । नयाँ वर्ष–२०८२ ले समृद्धिको महान् लक्ष्यमा अग्रसर हुन सम्पूर्ण नेपालीलाई अवसर प्रदान गर्न सकोस्, हार्दिक शुभकामना !