• ६ वैशाख २०८२, शनिबार

सिँगारिँदै अन्तु र कन्याम

blog

पशुपतिनगर समाचारदाता 

पशुपतिनगर, चैत ३० गते  । नेपाली नयाँ वर्ष २०८२ का अवसरमा नेपालका लागि विभिन्न देशका राजदूत इलामको अन्तु आउने भएपछि अन्तु र कन्याम धमाधम सिँगारिँदै छ । परराष्ट्र मन्त्रालय र नेपाल टुरिजम बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमण अन्तर्गत नेपाली नयाँ वर्ष २०८२ का अवसरमा विभिन्न देशका राजदूत अन्तु आउने भएपछि नगरपालिकाले अन्तु तथा कन्यामको सरसफाइसहित सिँगार्ने काम भइरहेको हो । 

नगरले नगरपालिकाका उपप्रमुख दुर्गाकुमार बरालको संयोजकत्वमा मूल समारोह समिति गठन गरी विभिन्न उपसमिति बनाएर स्वागत सत्कारका लागि तयारी गरिरहेको हो । नगर उपप्रमुख बरालले भन्नुभयो, “पाहुनाको स्वागत सत्कारमा अन्तु क्षेत्रमा स्थानीयको सङ्घ संस्थाको सहयोगमा सरसफाइसहितका कार्यव्रmम भइरहेका जानकारी दिनुभयो ।” 

स्वदेशी तथा विदेशी पर्यटकको बाह्रै महिना भिड लाग्ने अन्तु र कन्याममा राजदूतको भ्रमणले थप प्रचारमा सहयोग पुग्ने नगरप्रमुख रणबहादुर राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “राजदूतको यो भ्रमणले अन्तु, कन्यामसहितका पर्यटकीय स्थलको थप प्रचारप्रसार हुने छ ।” नगरप्रमुख राईले राजदूतको उक्त भ्रमणले कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्ष सफल पार्नसमेत सहयोग पुग्ने बताउनुभयो । 

विभिन्न देशका नेपालमा रहेका राजदूतलाई परराष्ट्र मन्त्रालयले नयाँ वर्षका अवसरमा नयाँ पर्यटकीय गन्तव्यमा भ्रमण गराउने कार्यव्रmम अनुसार यस पटक सूर्योदय नगरपालिकाको अन्तुमा र कन्यामको भ्रमणको कार्यक्रम तय गरेको हो । कार्यक्रम अनुसार चैत ३१ देखि २०८२ वैशाख १ र २ गते पाहुनाको स्वागत र मनोरञ्जनका लागि अन्तु र कन्याममा विभिन्न कार्यक्रम गरिने सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले जानकारी दिनुभयो । उक्त कार्यव्रmममा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको नेतृत्वमा, मन्त्रालयका सचिवसहितका कर्मचारी, टुरिजम बोर्डका कर्मचारी, राजदूतसहित ४५ जनाभन्दा बढी उच्च तहका पदाधिकारीको सहभागिता रहने छ । 

कन्याममा ३१ गते राजदूतको स्वागतसँगै चियाको स्वाद चखाउने र घोडचढी गर्ने कार्यक्रम राखिएको छ । विभिन्न जातजातिका वेशभूषामा सजाएर राजदूतलाई छिपिटारसम्म घोडामा चढाएर लगिने नगरपालिकाले जनाएको छ । ४० भन्दा बढी घोडा राजदूतको स्वागतका लागि तयार गरिएको छ । उक्त अवसरमा कन्याममा निर्माण भएको चिया परीक्षण केन्द्रमा विभिन्न प्रकारका चियाका स्वाद राजदूतसहितका पाहुनालाई चखाउने कार्यक्रम नगरपालिकाले तय गरेको छ । 

राई, लाप्चा र नेवारी नृत्यसहित साकेलानाच, झाँव्रmीनाचले स्वागत गर्दै अन्तु लगेर वैशाख १ गते सूर्योदयको दृश्यावलोकन गर्ने, चिया टिपाइको अनुभव गराउने, अन्तुपोखरीमा फिसिङ (माछा मार्ने) गराउने र इलाममा उत्पादन भएका चियाका विभिन्न जातको परीक्षण गराउने कार्यव्रmम छ । 

कार्यक्रममा इजिप्ट, दक्षिण कोरिया, युके, स्विट्जरल्यान्ड, थाइल्यान्ड, अस्टे«लिया, फ्रान्स, इजरायल, जापान, मलेसिया, श्रीलङ्का, बङ्गलादेशका राजदूत आउने कार्यक्रम तय भइसकेको नगरका आर्किटेक इन्जिनियर सिर्जन गदालले जानकारी दिनुभयो ।