• ३० जेठ २०८२, शुक्रबार

सकियो ‘कुस्ती’ को छायाङ्कन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २८ गते । चलचित्र ‘कुस्ती’ को छायाङ्कन सकिएको छ । ३९ औँ दिनमा छायाङ्कन सकिएको निर्माता तथा निर्देशक अनिल योन्जनले जानकारी दिनुभयो । प्रेम बसे पनि स्वभाव भिन्नताले एकसाथ रहन सङ्घर्ष गर्न बाध्य जोडीको कथालाई चलचित्रको कथाले बताउँछ । भावनात्मकतासँगै हास्य रसले भरिएको यो फिल्म प्रेम कथानक कमेडी ड्रामा हो । 

चलचित्रमा अभिनेता धीरज मगर, मिरुना मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधर, भोलाराज सापकोटा, दीकिला शेर्पा, रवीन्द्र झा, पुष्कर गुरुङ, राजाराम पौडेललगायतका कलाकारको अभिनय रहेको छ ।