• ५ वैशाख २०८२, शुक्रबार

शिक्षक आन्दोलनले बानेश्वर सडक दिनभर अस्तव्यस्त अवरुद्ध (फोटो फिचर)

blog

तस्बिरः कविता थापा

काठमाडौँ, चैत २७ गते। नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै सुरु गरेको आन्दोलनले बुधबार दिनभर नयाँ बानेश्वर माइतीघर सडक ठप्प बन्यो।  शिक्षक बबरमहल–बानेश्वर सडकमा भेला भएर शान्तिपूर्ण तरिकाले आफ्ना माग सरकारको ध्यानाकर्षण गराइरहेका छन्।     

गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी माग गर्दै शिक्षक यही चैत २० गतेदेखि आन्दोलित छन्। नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले नेपालमा गुणस्तरीय विद्यालय शिक्षाका लागि विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने बताउनभुयो। 

शिक्षा ऐन तत्काल जारी हुनुपर्ने लगायतका माग लिएर आन्दोलनरत शिक्षकले बुधबार काठमाडौंको बानेश्वर–बबरमहल सडकखण्ड केन्द्रित आन्दोलन गरेका हुन्। तस्बिरः कविता थापा