• ५ वैशाख २०८२, शुक्रबार

११ औँ राष्ट्रिय स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको शिखर सम्मेलन भोलिबाट सुरु

blog

११औँ राष्ट्रिय स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको शिखर सम्मेलनको बारेमा जानकारी दिँदै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा.प्रमोद जोशी ।

काठमाडौँ, चैत २७ गते । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ११ औँ राष्ट्रिय स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको शिखर सम्मेलन गर्ने भएको छ ।

परिषद्ले आफ्नो स्थापनाको ३४ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको ११ आैँ शिखर सम्मेलन गर्ने भएको हो ।

परिषद्का सदस्य सचिव डा.प्रमोद जोशीले सम्मेलन चैत ११ देखि ३० गतेसम्म तीन दिन चल्ने जानकारी दिनुभयो । जोशीका अनुसार सम्मेलनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुसन्धानकर्ता, संस्थागत प्रतिनिधिहरू नीति, निर्माताहरू र विकास साझेदार निकायहरूको सहभागिता रहने छ ।

 यस वर्षको सम्मेलनमा विशेषगरी जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न भएका र हुनसक्ने सम्भावित चुनौतीहरू, स्वास्थ्य प्रणालीको उत्थानशीलता र स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता जस्ता विषयमा केन्द्रित रहने परिषद्का अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले जानकारी दिनुभयो । 

यसका साथै स्वास्थ्य बिमा कार्यक्रम, दक्ष स्वास्थ्यकर्मी र विज्ञको पलायन, जनसङ्ख्याको परिवर्तनसँग सम्बन्धित विविध पक्ष मानसिक रोग, सर्ने तथा नसर्ने रोगको र अनुसन्धान नियमन जस्ता स्वास्थ्य क्षेत्रका तड्कारो विषयवस्तुमा केन्दीत भएर छलफल र प्रस्तुतीकरण गरिने भएको छ ।

तीन दिनसम्म चल्ने उक्त सम्मेलनको नारा “स्वास्थ्य, जलवायु र जनसङ्ख्यामा परिवर्तन : दिगो र समता मूलक भविष्यको लागि उत्थानशील स्वास्थ्य प्रणाली ” रहेको छ ।

सम्मेलनमा एक हजार भन्दा बढी राष्ट्रिय तथा एक सय भन्दा बढी अन्तराष्ट्रिय सहभागीको उपस्थित रहने छ । सम्मेलनमा ७८ वटा मौखिक र ११५ वटा पोस्टर प्रस्तुतीकरण रहने छ ।