• २६ चैत २०८१, मङ्गलबार

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौं, चैत २५ गते । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ८ पैसा र बिक्रीदर १३६ रुपियाँ ६८ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १४९ रुपियाँ ९ पैसा र बिक्रीदर १४९ रुपियाँ ७५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७५ रुपियाँ ४३ पैसा र बिक्रीदर १७६ रुपियाँ २० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५८ रुपियाँ १३ पैसा र बिक्रीदर १५८ रुपियाँ ८३ पैसा कायम गरिएको छ ।

अस्टे«ेलियन डलर एकको खरिददर ८२ रुपियाँ २५ पैसा र बिक्रीदर ८२ रुपियाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपियाँ ६९ पैसा र बिक्रीदर ९६ रुपियाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपियाँ १० पैसा र बिक्रीदर १०१ रुपियाँ ५५ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ २६ पैसा र बिक्रीदर नौ रुपियाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ६९ पैसा र बिक्रीदर १८ रुपियाँ ७७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ २७ पैसा र बिक्रीदर ३६ रुपियाँ ४३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ३३ पैसा र बिक्रीदर ३७ रुपियाँ ५० पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर तीन रुपियाँ ९५ पैसा र बिक्रीदर तीन रुपियाँ ९७ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ५ पैसा र बिक्रीदर ३७ रुपियाँ २१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ६७ पैसा र बिक्रीदर ३० रुपियाँ ८० पैसा,  साउथ कोरियन वन एक सयको खरिद ९ रुपियाँ ३२ पैसा र बिक्रीदर ९ रुपियाँ ३६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ६२ पैसा र बिक्रीदर १३ रुपियाँ ६८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ र बिक्रीदर २० रुपियाँ ८ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ५० पैसा र बिक्रीदर १७ रुपियाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रुपियाँ ९ पैसा र बिक्रीदर ४४४ रुपियाँ ४ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रुपियाँ ९६ पैसा र बिक्रीदर ३६२ रुपियाँ ५६ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुपियाँ ४९ पैसा र बिक्रीदर ३५५ रुपियाँ ५ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । 

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस