• २० चैत २०८१, बुधबार

सहमति नजुट्दा बसेन बैठक

blog

स्मिता अर्जेल

मकवानपुरगढी, चैत १९ गते । मंगलबार दिउँसो १ बजे बस्ने भनिएको बागमती प्रदेश सभा बैठक बस्न सकेन । सरकार र प्रतिपक्षबिच सहमति नजुट्दा बैठक स्थगित भएको छ । 

सरकारले विगतमा गरेका सहमतिलाई कार्यान्वयनमा ल्याउनु पर्ने अडान राख्दै प्रतिपक्षले बैठक अवरुद्ध गर्ने चेतावनी यसअघि दिँदैआएका थिए । मंगलबार बिनाअवरोध बैठक सञ्चालनका लागि सभामुख भुवनकुमार पाठकले विहान ८ बजे सर्वदलीय बैठक आव्हान गर्नुभएको थियो ।

दलहरुबिचको लामो छलफल पश्चात् बेलुकी ७ बजेसम्म पनि सहमति जुट्न नसक्दा बैठक स्थगित भएको हो । बैठक बुधबार १ बजेसम्मका लागि स्थगित भएको सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो । 

सरकार र प्रतिपक्षबिच विगतमा भएका सहमति कार्यान्वयनका लागि प्रतिपक्षले जोड दिँदैआएको छ  । केही समयअघि बागमतीका सहकारी मन्त्री मदु श्रेष्ठका स्वकीयको आत्महत्याको विषय छानबिनका लागि संसदीय छानबिन समिति गठन गरिनुपर्ने माग प्रतिपक्ष दल माओवादी केन्द्रको रहेको छ । 

एकसय १० सदस्यीय बागमती प्रदेश सभामा सात दलको प्रतिनिधित्व रहेको छ । जसमा एमाले २७, कांग्रेस ३७, राप्रपा १३, एकीकृत समाजवादी ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टी २ सांसदसहितको प्रतिनिधित्व रहेको छ ।