• २० चैत २०८१, बुधबार

सुदूरपश्चिम प्रदेश सभा : अवरोध हटाउने विषयमा छलफल

blog

सदन सुचारु गराउने सवालमा बसेको सत्तापक्षको बैठक । तस्बिर : मुख्यमन्त्रीको सचिवालय

अविनाश चौधरी

धनगढी, चैत १९ गते । सुदूरपश्चिम प्रदेश सभामा जारी अवरोध हटाउने विषयमा मंगलबार सत्ता गठबन्धन दलबिच छलफल भएको छ । 

सदन खुलाउने र प्रदेश सभालाई निरन्तर सञ्चालन गर्ने विषयमा सत्तागठबन्धन दलबिच छलफल भएको हो । बैठकमा सदनलाई अनिर्णयको बन्दी बनाउन नहुने, सरकारले पर्याप्त मात्रामा विजनेस दिनुपर्ने लगायतका विषयमा छलफल भएको नेपाली कांग्रेसका प्रमुख सचेतक बिक्रमसिंह धामीले बताउनुभयो । 

यसैबिच, सभामुख भीमबहादुर भण्डारीले आज बोलाउनु भएको कार्य व्यवस्था परामर्श समितिको बैठक भने बस्न सकेन । बैठकमा सत्तापक्षको उपस्थिति नभएपछि कार्य व्यवस्थाको बैठक नबसेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो । सो बैठकका लागि प्रतिपक्षी दलको भने उपस्थिति भएको थियो । 

फजुल खर्च कटौती, राजनीतिक नियुक्ति, सुशासन लगायतको विषय अगाडि सारेर प्रतिपक्षी दलले प्रदेश सभामा अवरोध गर्दै आएका छन् । प्रतिपक्षीले उठाएको विषयमा सहमतिका लागि पटक पटक बैठक बसे पनि सहमति भइसकेको छैन । सोमबार बोलाइएको सर्वदलीय बैठक पनि बिना कुनै निष्कर्ष टुंगिएको थियो ।