• १९ चैत २०८१, मङ्गलबार

रात्रिकालीन जहाज उडान अन्योल

blog

कल्याणपुर समाचारदाता 

कल्याणपुर (सप्तरी), चैत १७ गते  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले चार महिनाअघि राजविराज विमानस्थलबाट रात्रिकालीन परीक्षण उडान सुरु गर्दै बुद्ध एयरको विमानबाट काठमाडौँ लाग्नुभयो । 

बुद्ध एयरले राजविराजबाट काठमाडौँका लागि दैनिक दिउँसो २ बजेतिर एक मात्र उडानमार्फत सेवा प्रदान गर्दै आएको थियो । यात्रुको चाप बढेपछि मन्त्री पाण्डेले गत मङ्सिर २९ मा थप एक रात्रिकालीन परीक्षण उडानको उद्घाटन गर्नुभएको थियो । राजविराज विमानस्थलबाट रात्रिकालीन उडानको परीक्षण सकिएको चार महिना बितिसक्दा पनि रात्रिकालीन उडान सञ्चालनमा आउन सकेको छैन । 

पछिल्लो पटक चैत १९ अर्थात् १ अप्रिलबाट दिनको १२ः२५ र साँझ ६ बजे गरी दुई वटा उडान राजविराज विमानस्थलबाट काठमाडौँका लागि उड्ने तालिका सार्वजनिक गरिएको थियो । शुव्रmबार त्यो मितिमा रात्रिकालीन उडान सेवा सुरु नहुने बुद्ध एयरलाइन्सले जनाएको छ ।

एयर ट्राफिक, नोटम एक्सचेन्ज र फ्लाइटको उडान तालिकालगायतका विषयमा काठमाडौँस्थित नागरिक उड्डयन प्राधिकरणबाट अनुमति प्राप्त गर्न ढिलाइ भएकोले १ अप्रिलबाट सुरु हुने भनिएको उडान सेवा रोकिएको बुद्ध एयरका स्टेसन म्यानेजर अनिल राजवंशीले जानकारी दिनुभयो । 

सबै आवश्यक प्रव्रिmया पूरा गरेर रात्रिकालीन विमान सेवा सुरु गर्न अझँ एकदेखि डेढ महिनासम्म समय लाग्ने उहाँले बताउनुभयो । चाप बढ्दै गएकोले यात्रुलाई समस्या भइरहेको उद्योग वाणिज्य सङ्घ सप्तरीका अध्यक्ष लालुप्रसाद अग्रवालले बताउनुभयो ।  राजविराज विमानस्थलका प्रमुख ध्रुव श्रेष्ठले उडानका लागि सबै तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।